काठमाडौं- नेकपामा विकास भइरहेको पछिल्लो राजनीतिक घटनालाई लिएर पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले कमरेडहरूलाई दुई तिहाई नपचेको भन्दै व्यंग्य गरेका छन्।
‘कुनैकुनै प्राणीलाई घ्यू पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुई तिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो!’ सबै सजग रहन र खवरदारी गर्न आग्रह गर्दै ट्विटमार्फत डा भट्टराईले भनेका छन्‚ ‘सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!
— Baburam Bhattarai (@brb1954) July 2, 2020
नेकपामा जारी स्थायी कमिटीको बैठकका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएर संसद अधिवेशनको अन्त्य गर्ने निर्णय गरेसँगै डा भट्टराईको यस्तो ट्विट आएको हो।
प्रतिक्रिया