+
Search

ताजा अपडेट +

पपुलर +

१५ किलाे दुर्घटना : टिपरको ठक्करबाट घाइते सेनाको मृत्यु, एक गम्भिर

4KNationalDaily
२०७७ असार १८, बिहीबार १८:०२ बजे

गाेरखा- अाबुखैरेनी-गोरखा सडक खण्ड अन्तर्गत  १५ किलोमा बुधवार भएकाे दुर्घटनामा नेपाली सेनाका जवानकाे मृत्यू भएकाे छ । भने एक जनाकाेृ अवस्था गम्भिर रेहकाे छ ।

आबुँखैरेनीबाट गोरखा तर्फ आउँदै गरेको रणसिंह दल गणको गाडीलाई  टिपरले ठक्कर दिँदा गाडीमा सवार ४ जना घाईते भएका थिए ।

घाइतेमध्ये २ काे अवस्था गम्भिर रहेकाे थियाे । उनीहरूलाइ थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकाे थियाे ।

मृत्यू हुनेमा नेपाली सेनाका  जवाान प्रेम परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिवार मृत्यू भएको रणसिंह दल गण गोरखाले जनाएकाे छ ।

उनी गोरखा पालुङटार नगरपालिकाका हुन् । अर्का गम्भिर घाईते रञ्जित रानाको भरतपुरमा उपचार भईरहेको छ । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily