काठमाडौं- सर्जियो रोमासले पेनाल्टीमा गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता हासिल गरेको छ।
दोस्रो स्थानको बार्सिलोनाभन्दा रियलले ४ अंकको अग्रता हासिल गरेको हो।
७९औं मिनेटमा रोमासले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि रियलले गेटाफेलाई १-० ले पराजित गरेको थियो।
रियलले अब उपाधि उचाल्नका लागि आफ्ना ५ मध्ये ४ खेलमात्रै जिते पुग्ने भएको छ।
सन् २०१२ पछि रियलले ला लिगाको उपाधि उचाल्न सकेको छैन।
प्रतिक्रिया