+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीले ‘संसद कोमामा पठाए’काे बाबुरामको आरोप

4KNationalDaily
२०७७ असार १९, शुक्रबार ११:५६ बजे

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कोमामा पठाएको आरोप लगाएका छन्

। उनले ज्योतिषी र एक मूर्खको कथा जोडेर प्रधानमन्त्रीले धर्मसंकटको स्थिति सिर्जना गरेको व्यंग्य गरेका छन्।

‘प्रम ओलीले सबैलाई चक्मा दिंदै संसद कोमामा पठाएपछि ‘अब के हुन्छ?’ भन्ने प्रश्न सोधेको सुन्दा एउटा मूर्ख र ज्योतिषीको कथा सम्झना भइरहेछ!’ डा भट्टराईले ट्विट गर्दै लेखेका छन्‚ ‘हातमा मुंग्रो लिएको मूर्खले ज्योतिषीलाई भनेछ- लौ भन, मैले तिम्रो टाउकोमा हान्छु कि खुट्टामा? क्या फसाद- टाउको भनौं खुट्टामा हान्छ, खुट्टा भनौं टाउकोमा!’

उनले अहिले नेकपामा चर्किरहेको विवादको भुंग्रोमा पार्टी र संसद कसरी परिरहेका छन् भन्ने विषयमा कथाको उदाहरण दिँदै बुझाउन खोजेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily