गोरखा- गोरखा अस्पतालको आइसोलेनमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनी दीर्घराेगीका विरामी थिए ।
कतारबाट फर्केका पालुङटारका नगरपािलका वडा न ७ का ४४ वर्षका पुरुषको आइसोलेनमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना पोजेटिभ भएको पुष्टि भए लगत्तै उनलाई उपचारका लागि गएराति सवा १० वजे गोरखा अस्पताल ल्याइएको थियो ।
ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।
गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
उनकाे स्वाबमा काेराेना पाेजेटिभ देखिएपछि उपचारका लागि अस्पताल लगिएकाे थियाे । अस्पतालका अनुसार उनकाे शनिबार विहान ५ बजे उपचारका क्रममा निधन भएकाे हाे ।
प्रतिक्रिया