काठमाडौं- गायिका भीमकला गुरुङ र टीका गुरुङले यतिबेला कौडा गीत बजारमा ल्याएका छन् । गीतमा भीमकला र टीकालाई गायक कृष्ण गुरुङले पनि स्वरमा साथ दिएका छन् ।
भीमकला गुरुङ र कृष्ण गुरुङको संगीत रहेको गीतमा टीका गुरुङको शब्द रहेको छ । कौडा गीत विशेषगरी गण्डकीको भेगमा गाइने लोकगीत हो । अझ गुरुङ समुदायमा यो गीतको महत्व उच्च रहेको छ ।
रोधी बस्ने प्रचलनसँगै गुरुङ समुदायमा कौडा गीत, चुट्का गीत, मारुनी, सालैजोको पनि उत्तिकै महत्व रहेको पाइन्छ । टीका र भीमकलाले ‘गोरखा बजार’ गीतमा गोरखा र लमजुङ बीचको माया प्रितिलाई जोडेका छन् ।
गीतको म्यूजिक भिडियो पनि बनेको छ । जसमा दीप कोके गुरुङको निर्देशन एवं कोरियोग्राफी रहेको छ । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुको नृत्य प्रस्तुति रहेको गीतमा मधुर बस्नेत र विजय लामाको छायाँकन छ ।
भिडियाे
प्रतिक्रिया