+
Search

ताजा अपडेट +

पपुलर +

ओली प्रचण्डबीच वार्ता सुरु, नेकपा स्थायी कमिटी बैठक तेस्रो पटक स्थगित

4KNationalDaily
२०७७ असार २२, सोमबार १०:०१ बजे

काठमाडाैं- सत्तारुढ नेकपाभित्रको विवादमा सहमति नजुटेपछि सोमबारसम्मका लागि रोकिएको स्थायी कमिटी बैठक फेरि स्थगित गरिएको छ।

पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै राजीनामाको माग उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका कमिटीका बहुमत सदस्यले ओलीलाई राजीनामा गराउन जोड दिइरहेका छन् भने ओली आफूले भने पद नछाड्ने अडान लिँदा पार्टीभित्रको विवाद थप बल्झिएको हाे।

नेकपा स्थायी कमिटीकाे बैठक यसअघि पनि पटक पटक स्थगित भएकाे थियाे । शनिबारका लागि बोलाइएको बैठक साेमबार (आज) सम्मका लागि स्थगित भएकाे थियाे।

यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily