काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हुने बाह्य शक्तिद्वारा षड्यन्त्र भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्।
सोमबार दिउँसो एक ट्विट गर्दै उनले आन्तरिक विषयमा विदेशी हस्तक्षेप मान्य नहुने बताएका हुन्।
नेपालको गतिशील आन्तरिक राजनीतिक र घटनाक्रममा वैदेशिक शक्तिद्वारा गरिएको हरेक षड्यन्त्रको हामी खण्डन गर्दछौं।’
सार्वभौम एक राष्ट्र भएकाले निर्णय लिने अधिकार भएको भन्दै उनले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति मान्य नहुने भन्दै यसको खण्डन गरेका छन्।
We strongly refute all conspiracy theories that the internal political dynamics&phenomenon here in our country,even today,are dictated by this or that foreign forces.Nepal,as a Sovereign Country,is able to decide itself.We object&reject any tendency to intervene in our affairs.
— NKShresthaPrakash (@nksthaprakash) July 6, 2020
पछिल्लो समय नेकपा चर्किरहेको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियतालाई लिएर आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप हुन नहुने भन्दै उनले यस्तो बताएका हुन्।
प्रतिक्रिया