+
Search

ताजा अपडेट +

पपुलर +

पाटन हस्पिटलमा गाेरखाका युवककाे मृत्युु, मृत्युपछि काेराेना ‘पाेजेटिभ’

4KNationalDaily
२०७७ असार २३, मंगलवार ११:२० बजे

ललितपुर– ललितपुरको पाटन हस्पिटलमा उपचाररत २७ वर्षिय पुरुषको निधन भएको छ ।

गत असार २० गते विहान ८ बजेको समयमा गाेरखाकाे भिमसेन थापा गाउँपालिका वडा नं. २ बस्ने युवक आफ्नै घरको काठको दलानमा पासो लगाई झुण्डिएका थिए ।

स्थानीयले पासो काटी स्थानीय अस्पतातलमा उपचार गरेको र थप उपचारको लागि असार २० गते बेलुकी साढे ९ बजे पाटन हस्पिटल ल्याइएको थियो ।

ती युवकको उपचारको क्रममा असार २२ गते राती पौने दश बजे उपचारको क्रममा मृत्यू भएको थियो ।

पाटन हस्पिटल अनुसार ती युवकको मंगलबार विहान पिपिआर रिपोर्ट पोजिटिभ आएको बतायो ।

स्वास्थ कार्यालय ललितुर प्रमुख डा. खगेश्वर गेलालका अनुसार शब व्यवस्थापनको कार्य राज दल गणले गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily