गोरखा- जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परिक्षणका क्रममा जिल्लाको अजिरकोट र भिमसेन थापा गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
अजिरकोटकाे ज्ञानज्योती मावि क्वारेन्टाइनमा बसेका २२ बर्षका पुरुष र भिमसेन थापा गाउँपालिकाको सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भिमसेनका संक्रमित पुरुष असार ९ गते कतारबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।
अजिरकोटका संक्रमित भारतीय सेनामा कार्यरत हुन् । उनि बिदामा घर आउँदा क्वारेन्टाइनमा बसेका थिए ।
गोरखामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । जिल्लामा हालसम्म् ५२ जनाले काेराेना जितेका छन् । भने २ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिक्रिया