काठमाडौं- बालाजु प्रहरी वृत्तका कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो ।
५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको हो । उनी हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखाकाे जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंं, टोखा नगरपालिका वडा नं. ११ का निवासी हुन ।
प्रतिक्रिया