+
Search

ताजा अपडेट +

पपुलर +

सलहको नयाँ झुण्ड नेपाल आउँदै, विज्ञ भन्छन्: सतर्कता अपनाऔं

4KNationalDaily
२०७७ असार २८, आईतवार ०९:२५ बजे

काठमाडौं-  सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै विज्ञले सचेत गराएका छन्।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

केन्द्रका अनुसार भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा अहिले सलहको नयाँ झुण्ड छ। त्यहाँ करिब एक सय ५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड छन्।

यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ।

केन्द्रले सूचना निकालेर झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।

असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा हरिबहादुर केसीले बताए ।

उनले भने, ‘सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ, कतैकतै एकरदुईवटा देखिन्छ । त्यसले खासै धेरै कुनै नोक्सानी पनि गरेको छैन तर भारतबाट अर्को झुन्ड आउने सम्भावना देखिएको छ ।’

भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने उनले बताए ।

भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास करिब १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड देखिएका छन् ।

यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभङ्गाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily