+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टायता थप ८२ जनामा कोरोना संक्रमण, १६ हजार ८०१ पुगे संक्रमित

4KNationalDaily
२०७७ असार २८, आईतवार २०:११ बजे

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको छ। हाल ८ हजार १ सय ७४ जनाको उपचार भइरहेको जानकारी डा गौतमले दिए।

शनिबारसम्म ३८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily