सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा रहेको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन्।
मंगलवार दिउँसो १ बजे सुरुङको गेट फुटेपछि निस्केको पानीले आयोजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहितलाई बगाएर बेपत्ता बनाएको हो।
गेट फुटेपछि सुरुङमा भरिएको पानीले बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको छ।
सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो।
निरीक्षणका क्रममा रहेका चारमध्ये दुईजना र गाडी बगाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार गाडीको केही अंश खोलामा देखिएको छ। गाडी झिक्ने काम भइरहेको छ ।
प्रतिक्रिया