+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले राखे ओलीसमक्ष ‘नोट अफ डिसेन्ट’ लेख्नेसहितका ९ बुँदे प्रस्ताव, थप के छ प्रस्तावमा ?

4KNationalDaily
२०७७ श्रावण १, बिहीबार ०८:०३ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृतिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्।

दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग दाहालले सहमती नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्नेसहितका नौबुँदे प्रस्ताव राखेका खबर आजको नागरिक दैनिकमा टेकेन्द्र कार्कीले लेखेका छन्।

पटकपटकका छलफलमा ओलीले पार्टीअध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान लिएपछि दाहालले आफ्नो तर्फबाट लचकता अपनाएर सहमतीका लागि नयाँ प्रस्ताव अघि सारेका हुन्।

यस्ता छन् प्रचण्डका प्रस्ताव

पार्टीको निर्णय मान्नुपर्ने

पार्टी एकताको समयमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने

गत मंसिमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने

वामदेव गौतमबारे गरिएको निर्णय कार्यान्वयन गर्नुपर्ने

नयाँ सहमति गरेर अघि बढ्न सकिने

माधव नेपाललाई बाइपास गर्न नसकिने

सहमति नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्न सकिने

त्रिपक्षीय सहमति गर्नुपर्ने

मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily