+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र नेपालले ओलीलाई भने : प्रधानमन्त्रीबाट राजीनामा दिनुस्

4KNationalDaily
२०७७ श्रावण १, बिहीबार १५:३३ बजे

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन्।

बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन नेताबीचको छलफलमा प्रचण्ड र नेता नेपालले ओलीसँग राजीनामा माग गरेका हुन्।

प्रचण्ड र नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै सन्देश राम्रो नगएको भन्दै राजीनामा गरी मार्ग प्रशस्त गर्न ओलीसँग आग्रह गरेको एक सचिवालय सदस्यले बताए।

उनले भोलि (शुक्रबार) स्थायी सहमति राख्ने विषयमा भने तीन नेता सहमत भएको बताए।

अध्यक्ष ओली र प्रचण्डबीच पार्टीभित्र देखिएको विवाद समाधानमा भएको निरन्तरको छलफलमा कुनै सहमति नभएपछि बिहीबार तीन नेताहरुबीच छलफल भएको हो।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

बालुवाटार जानुअघि बिहीबार बिहान अध्यक्ष प्रचण्डले आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily