काठमाडाैं- हाँस्य कलाकार सागर लम्साल ‘बले’ले अभिनय गरेको ‘धोका भो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा रोमान्टिक गेटअपमा देखिदै आएका सागर यसमा भने भावूक शैलीमा देखिएका छन् ।
जातिय भेदभावका कारण प्रेममा आएको वाधालाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा सागरको जोडीको रुपमा रोशनी कार्कीले मोडलिङ गरेकी छिन् ।
यो गीतमा सन्तोष सुनारको शब्द, संगीत तथा स्वर छ । मनोज बस्नेतको निर्देशनमा तयार भएको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् ।
टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोबाट आफू अत्यन्तै उत्साहित रहेको सागर बताउँछन् ।
भिडियो
प्रतिक्रिया