काठमाडौं- गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्।
गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकी चल्तीका गीतकार पनि हुन्। उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउँदै आएकी छन्।
दर्जनौं हिट गीतहरुमा आफ्नो जादुमयी शब्द भरेर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गीतकार गुरुङ समाजसेवी समेत हुन्।
म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाइ फिचर्ड गरिएको छ।
निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
भिडियो
प्रतिक्रिया