काठमाडौं- सत्तारुढ नेकपाकाे सचिवालय बैठक शनिबार बस्दै छ। बैठक दिउँसाे ३ बजेका लागि तय भएकाे छ।
स्थायी कमिटी बैठक स्थगित गरी शनिबारका लागि सचिवालय बैठक बोलाइएको हाे।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएकाे भेटपछि आज दिउँसाे तीन बजेका लागि सचिवालय बैठक बोलाइएको हाे।
नेकपामा विवाद बढ्दै गएपछि सातौं पटक स्थायी कमिटी बैठक स्थगित भइसकेको छ।
आइतबार स्थायी कमिटी बैठक हुनुअघि आज सचिवालय बैठक बोलाइएको हो। पार्टीमा देखिएकाे विवाद सचिवालय बैठकबाट खाेज्ने प्रयास स्वरुप बैठक डाकिएकाे बुझिएकाे छ।
पार्टीमा विवाद बढेपछि स्थायी कमिटी बैठक छोट्याएर केन्द्रीय कमिटी बैठक छिट्टै बस्न सक्ने आंकलन गरिएको छ।
प्रतिक्रिया