काठमाडौं-नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर गायिका शान्ति श्री परियारको आवाजमा तिज गीत बजारमा सार्बजनिक भएको छ।
गायिका शान्ति श्री परियार, गायक सुदिप पनेरु र अञ्जान पनेरुको सुमधुर स्वरको उक्त गित बजारमा आएको हो ।
कलाकार सन्दिप पनेरु र अञ्जान पनेरुको लय तथा शब्द सिर्जनामा सन्दिप पनेरु र अञ्जान पनेरुको तिज गित `सारी माथि सार´ सार्बजनिक भएको हो।
भिडियोमा स्मृति तिमल्सिना (गुरु आमा) को निर्देशन तथा कोरियोग्राफीमा सुरेश श्रेष्ठ को छायांकनमा प्रकाश धमलाको उत्क्रिष्ट सम्पादन रहेको छ।
उक्त तिज गीतमा धुर्ब हिमाली, करिश्मा ढकाल र सोवित धितालको अभिनय रहेको छ। उक्त गीत गोर्खा चौतारी म्युजिकको युटुब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो
प्रतिक्रिया