काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।
पार्टीभित्र चुलिएको विवाद समाधान गर्नका लागि स्थायी समिति बैठक रोकेर सचिवालयको बैठक डाकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो सवा ३ बजेबाट बैठक शुरु भएको अध्यक्ष पुष्पकमल हादाल प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले जानकारी गराएका छन् ।
नेकपाभित्रको विवाद हल गर्न शीर्ष नेता आज (शनिबार) बिहानैदेखि छलफलमा सक्रिय भएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आजै बिहान दुई घण्टासम्म सचिवालयका पाँच सदस्यले छलफल गरेका थिए ।
खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
गृहमन्त्री समेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने खुमलटार छलफलमा सहभागी भएनन् ।
त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको छ ।
उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा समेत सहभागी थिए ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड समूहले दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । तर आजको यो बैठकले असहमति हटाएर आइसब्रेक हुन सक्ने अनुमान गरिएको छ।
नेकपा स्रोतले दिएको जानकारीअनुसार आज वस्ने वैठकबाट नेकपाभित्र देखिएको विवादको आइसब्रेक हुने सम्भावना छ । प्रधानमन्त्री ओली आफैले प्रचण्डलाई कार्यकारी अध्यक्ष झै पार्टी चलाउन भनेका छन् ।
त्यसमा उनले पुर्ण रुपमा सहयोग गर्ने, प्रधानमन्त्री ओली सेरोमोनियल अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहिरहने, वरिष्ठ नेता माधव नेपालको सरकार संचालन गर्दा राय सुझाव लिने, उनि निकट नेताहरुलाई मन्त्रीमण्डलमा सामेल गराउने, मुख्यमन्त्री परिवर्तन गर्ने, पार्टीभित्र रहेको दोहोरो जिम्मेवारी हटाउने, प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार समुह परिवर्तन गर्नेलगायतका विषयमा आज सहमती हुन लागेको स्रोतको दावी छ ।
अहिलेलाई स्थायी समिति र केन्द्रिय समिति वैठक स्थगित गर्ने र मंसिरतिर वैठक बोलाउनेमा पनि नेताहरु सहमत भएको स्रोतको दावी छ ।
प्रतिक्रिया