काठमाडौं- म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई २-० गोलअन्तरले पराजित गरेको हो।
सिटीमाथि जित हात पार्न आर्सनलका इमेरिक आबमेहाङले दुई गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप अर्को गोल गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलकाे १९औं मिनेटमा गोल गर्दै आबमेहाङले आर्सनललाई अग्रता दिलाए। ७१औं मिनेटमा उनले दोस्रो गोल गर्दै आर्सनललाई फाइनलसम्मको यात्रा तय गराएका हुन्।
आर्सनलले फाइनलमा अब आइतबार राति हुने दोस्रो सेमिफाइनलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग खेल्ने छ।
प्रतिक्रिया