+
Search

ताजा अपडेट +

पपुलर +

सचिवालय बैठकमा महाधिवेशनलगायत विषयमा छलफल भएपनि सहमति भएको छैन : प्रचण्डको सचिवालय

4KNationalDaily
२०७७ श्रावण ४, आईतवार ०७:५४ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा कुनै पनि सहमति नभएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले स्षष्ट पारेको छ।

शनिबार राती प्रचण्ड सचिवालयकी गंगा दाहालले फेसबुकमा स्टाटस अपडेट गर्दै अध्यक्षद्वयबीच कुनै पनि सहमति नभएको स्पष्ट पारेकी हुन्।

पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएको कुनैपनि विषयमा सहमति नभएको गंगा दाहालले लेखेकी छन्।

पार्टीको महाधिवेशन लगायतका विषयहरु छलफलकै क्रममा रहेकाले भ्रममा नपर्न समेत प्रचण्ड सचिवालयले स्पष्ट पारेको छ।

‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु(महाधिवेशन लगायतका)मा छलफल भएतापनि कुनैपनि विषयमा सहमति भएको छैन,’ प्रचण्ड सचिवालयकी गंगा दाहालले फेसबुकमा लेखेकी छन्, ‘सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily