+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंसहित धेरै स्थानमा १२ घण्टादेखि लगातार वर्षा, आज रातिबाट अझ बढ्ने सम्भावना

4KNationalDaily
२०७७ श्रावण ४, आईतवार ०८:०३ बजे

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा झन्डै १२ घण्टादेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले भने, ‘यो क्रम बिहानभर नै रहने देखिन्छ, दिउँसो केहीबेर थामिए पनि पुनः वर्षा हुने सम्भावना छ।’

दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र प्रदेश १ र ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। राति पनि यो क्रम जारी रहने जनाइएको छ।

‘मनसुन सक्रिय हुँदै गएको छ,’ मौसमविद् पौडेलले भने, ‘यसअघि बिहान एक–दुई घण्टा घाम पनि लाग्ने गरेको थियो भने अब बिहानैदेखि वर्षा हुने हुन्छ, दिउँसो केहीबेर रोकिए पनि वर्षा भइरहन्छ, अझ कतिपय ठाउँमा रोकिँदै नरोकिने पनि हुन सक्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily