काठमाडाैं- सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भइरहेकाे हाे।
पार्टीभित्र देखिएको विवादबारे नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँगकाे छलफलपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्।
यसअघि शनिबार दुई अध्यक्षबीचकाे भेटमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको विषयमा नेकपाका वरिष्ठ नेता नेपालले असहमति जनाएपछि प्रचण्डले बिहान सचिवालयका सदस्यहरुसँग छलफल गरेका हुन्।
प्रचण्डले नेपाल र उनीनिकटका स्थायी समिति सदस्यलाई बिहान ओलीसँग कुनै सहमति नभएको जानकारी गराएका थिए।
खुमलटारमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटी सदस्यसँगको छलफलमा उनले ओलीसँग सहमति नभएको प्रष्ट पारेका हुन्।
प्रचण्डले मंसिरमा महाधिवेशन हुने कुरामा पनि आफूलाई विश्वास नभएको बताएका थिए।
प्रतिक्रिया