+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोले नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

4KNationalDaily
२०७७ श्रावण ५, सोमबार ०८:३३ बजे

काठमाडौं- चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज (सोमबार) बिहानै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।

अविरल वर्षापछि सडकमा ठूलो पहिरो खसेकाले बिहान पाँच बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ।  नारायणगढ-​मुग्लिन सडक राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हो। धेरै वर्ष लगाएर नारायणगढ–​मुग्लिन सडक खण्डको स्तरोन्नती गरिएपनि पहिरो खस्ने क्रम भने रोकिएको छैन।

वर्खा लागेसँगै यो सडक पटक-पटक पहिरोको कारण अवरुद्ध हुँदै आएको छ। नारायणगढ-​मुग्लिन सडकको चार किलो, १७ किलो, चोरखोला लगायतका ठाउँमा बढीजसो पहिरो जाने गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily