काठमाडौं- केही दिनदेखि देशभर लगातार वर्षा भइरहेको छ। जसले गर्दा यतिबेला बाढी, पहिरो र डुबानले जनधनको क्षति भइरहेको छ।
विपद्लाई रोक्न नसकिए पनि यसबारे पहिल्यै सतर्क र सुरक्षित भइयो भने धेरै हदसम्म क्षति कम गर्न सकिन्छ।
यसका लागि सरकारका सम्बन्धित निकायले बारम्बार चेतनामूलक जानकारी र सन्देश दिइरहेका छन्।
यसै क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहानै आफ्नो ट्विटमार्फत सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।
भिडियाे
पर्सीसम्म यस्तै पानी पर्छ । पहिरोको जोखिम झन् बढी हुन्छ । पूर्व संकेत पाइयो भने पहिरोबाट बच्न सकिन्छ। यो सन्देश हेरौँ र धेरै भन्दा धेरैजनासम्म पुर्याउँ। pic.twitter.com/qXHU6e3bMv
— NDRRMA (@NDRRMA_Nepal) July 21, 2020
प्रतिक्रिया