उदयपुर- बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।
उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेखेर जानकारी दिने घोषणा गरेकी हुन् । उनले उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहेको भन्दै जनतासँग माफी मागेकी छन् ।
उनले लेखेकी छन्, ‘कालो कर्तुतहरूको विषयमा कार्यन्वयन हुँदैन । धिकार छ ! दुई तिहाइ सरकार ।’
उनले सरकारप्रति तीब्र असन्तुष्टि जनाएर राजीनामा दिने घोषणा गरे पनि असन्तुष्टिको विषय के थियो भन्ने कुरा स्पष्ट खुलाएकी छैनन् ।
चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
बेलका नगरपालिकाको फेसबुक अकाउन्टबाट पनि उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेको जानकारी गराइएको छ ।
प्रतिक्रिया