काठमाडौं- इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले हार व्यहोरेको छ । युभेन्टस बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले हारको सामना गर्नु परेको हो ।
खेलको ५२ औं मिनेटमा इलिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जित दिलाए ।
उडिनेजेसँग पराजित भएसँगै युभेन्टसले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ ।
घरेलु टोलिसँग पराजित भएको युभेन्टसले ८० अंक जोडेको छ । युभेन्टस दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया