काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद त्याग गर्न तयार नभए मंगलबार बस्ने स्थायी कमिटीको बैठकबाट हटाइने भएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सोमबार प्रचण्ड निवास खुमलटारमा भएको बैठकले यस्तो तयारी गर्ने निष्कर्ष निकालेको हो ।
नेकपाका असन्तुष्ट नेता प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनु पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएमा अर्का अध्यक्ष प्रचण्डले बैठक चलाउने तयारी भएको एक नेताले जनाए ।
गत असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा कोरोना नियन्त्रण र उपचार तथा लकडाउन, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डाको रुपमा ल्याइएको थियो ।
प्रतिक्रिया