+
Search

ताजा अपडेट +

पपुलर +

सुन ताेलाकाे लाख नजिक, मूल्य अचाक्ली किन बढ्यो?

4KNationalDaily
२०७७ श्रावण १३, मंगलवार ०९:२२ बजे

काठमाडौं- कोभिड-१९ का कारण संसारका सबै मुलुकमा आर्थिक मन्दी देखिएपछि सुरक्षित लगानीको खोजी गर्ने सबैको ध्यान सुनमा परेको छ।

लगानीकर्ताको चर्को मागका कारण सुनको मूल्य दैनिक उकालो लागिरहेको छ।नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यो कल्पना गरेभन्दा निकै बढी हो।

यो खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

निरन्तर बढिरहेकाले सुन तोलाको लाख पुग्ने अनुमान गर्न थालिएको छ। कोभिड-१९ को समस्या सुरु हुनुभन्दा अघि गत पुस १२ मा सुनको भाउ प्रतितोला ७३ हजार ३ सय रुपैयाँ थियो।

सुनलाई विश्वमै सबैभन्दा सुरक्षित लगानीको उपकरण मानिन्छ। अहिले कोभिडका कारण अर्थतन्त्रका प्रायः सबै क्षेत्र डामाडोल छन्।

कोभिडको समस्या तत्काल समाधान हुने कुनै लक्षण देखिएको छैन। अर्कोतर्फ मन्दीमा गएको विश्व अर्थतन्त्र उकासिने समय पनि कसैले किट्न सकेको छैन।

मनी मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार नौ सय ४२।२ डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार अमेरिकी डलर पुग्ने विश्लेषण हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily