+
Search

ताजा अपडेट +

पपुलर +

थप ३१५ जनामा कोरोना संक्रमण, संक्रमित २० हजारभन्दा बढी

4KNationalDaily
२०७७ श्रावण १७, शनिबार १७:०५ बजे

काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

शनिबार काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा थप ५ जना र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका थप ६ जनामा कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो।

योसँगै अब काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ।

नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। हाल ५ हजार २ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ।

हालसम्म नेपालमा ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily