+
Search

ताजा अपडेट +

पपुलर +

बहुमतले अध्यक्ष हटाए दुर्घटना हुन्छः मुख्यमन्त्री गुरुङ

4KNationalDaily
२०७७ श्रावण १७, शनिबार २०:५० बजे

कावासोती- गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल नवलपुर शाखाले शनिबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक स्पष्ट नभएको  बताएका हुन् ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको भन्दै पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने बताए ।

‘अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ’, उनले भने, ‘सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।’

उनले अहिले प्रधानमन्त्रीको राजीनामातर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने बताए।

‘निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily