काठमाडौं- आयरल्याण्डसँगको एकदिवसीय सिरिजको दोस्रो खेल पनि इंग्ल्याण्डले जितेको छ । गएराति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ४ विकेटले दोस्रो म्याच जितेको हो ।
योसँगै आयरल्याण्डसँगको ३ खेलको सिरिज १ म्याच अगावै आफ्नो पक्षमा पारेको छ । दोस्रो खेलमा आयरल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य इंग्ल्याण्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
इंग्लयाण्डको जितमा जोनि बेयरिस्टोले ८२, साम बिलिङ्सले अविजित ४६, डेविड विल्लीले नटआउट ४७, जेम्स विन्सले १६, टम ब्यान्टले १५ रनको योगदान दिए ।
कप्तान इओन मोर्गन, जेसन रोय र मोइन अलिले भने शून्यमै मैदान बाहिरिए । बलिङमा आयरल्याण्डका जोश लिटलले ३, कर्टिस क्याम्फरले २ र क्रेग योङले १ विकेट लिए ।
त्यससअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय १२ रन बनायो ।
उसका लागि युवा अलराउन्डर कर्टिस क्याम्फरले ६८ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै, ह्यारी टेक्टरले २८, सिमी सिंहले २५, एन्डी म्याकब्रिनले २४, कप्तान एन्डी बलबर्नीले १५, लोर्कान टकरले २१, पउल स्टर्लिङले १२ रन बनाए ।
बलिङमा इंग्ल्याण्ड टिमका आदिल रसिदले ३ विकेट लिए । यी २ टिमबीचको अन्तिम वानडे मंगलबार हुँदैछ ।
प्रतिक्रिया