+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा ओली, प्रचण्ड र खनालसहितका नेताहरुबीच छलफल

4KNationalDaily
२०७७ श्रावण १८, आईतवार १०:२९ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको छ ।

१३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेका थिए ।

बहुमत असन्तुष्ट सदस्यहरुले स्थायी कमिटीको बैठक लगातार स्थगन गर्न नहुने धारणा राखे पछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सञ्चालन गरेका थिए ।

बैठक अन्तिम समयमा स्थगित गरेको भन्दै ओलीसँग दाहाल पनि आक्रोशित बनेका थिए ।

त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन । आज नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा जुटेका हुन्

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily