+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा सोमबार थपिए ५१ जना कोरोना संक्रमित

4KNationalDaily
२०७७ श्रावण १९, सोमबार १६:५७ बजे

काठमाडौं- काठमाडौ उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा जिल्लामा ४३ जना संक्रमित थपिएका छन्।

केन्द्रीय प्रयोगशाला टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी कोरोना अस्पताल, स्टार अस्पताल लगायतका स्थानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। ललितपुरमा ३ र भक्तपुरमा ५ जना थपिएका छन्।

योसँगै काठमाडौंमा ४९३, ललितपुरमा १०८ र भक्तपुरमा ६४ व्यक्तिमा कोरोना संक्रमण भएको थियो।

साउन ७ गते लकडाउन खुल्नुअघि यी संक्रमित मध्ये धेरै जसो कोरोना जितेर घर फर्केका थिए। लकडाउन खुलेसगै संक्रमित थपिने क्रम बढिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily