+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मीबजारकाे ब्युटीपार्लर व्यवसायीमा कोरोना संक्रमण, वडा कार्यालय बन्द

4KNationalDaily
२०७७ श्रावण २०, मंगलवार १५:५४ बजे

गाेरखा- गोरखाको लक्ष्मी बजारमा ब्यवसाय गरेर बस्ने १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गोरखा नगरपालिका ९ लक्ष्मी बजारकी २४ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

राजधानी जाने क्रममा उनले नागढुङ्गामा लिएको स्वाब परिक्षणका क्रममा उनमा कोरोना पुष्टी भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।

संक्रमित महिलालाई गोरखा अस्पतालका आइसोलेसनमा राखिएकाे छ । यो सहित गोरखामा कोरोना संक्रमितहरुको संख्या १०७ पुगेको छ ।

स्थानीय व्यवसायीमा कोरोना देखिएसँगै गोरखा नगरपालिका– ९ को वडा कार्यालयबाट उपलब्ध हुदै आएको सबै सेवा बन्द गरिएको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि सम्पूर्ण सेवा वन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily