+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, २१ हजार ९ पुगे संक्रमित

4KNationalDaily
२०७७ श्रावण २०, मंगलवार १६:२९ बजे

काठमाडौं- मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हालसम्म नेपालमा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

हाल १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा छन्। मंगलबार ७ हजार ६ सय ८७ जनामा कोरोनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टायता ६५ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म १५ हजार २६ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily