+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

4KNationalDaily
२०७७ श्रावण २२, बिहीबार ०८:४२ बजे

गाेरखा– गण्डकी प्रदेशका थप ११ जनाका कोरोना संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वीनवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

याेसंगै जिल्लामा संक्रमितको संख्या ११६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १४ पुगेकाे छ ।

गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् ।

बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन ।

गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  बुधबार मात्र जिल्लाका ३ जनामा काेराेना पुष्टि भएकाे थियाे ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५सय ६६ पुगेको छ। नेपालमा संक्रमितको संख्या २१ हजार ४ सय १ पुगेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily