काठमाडौं– लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ ।
तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।
‘पीर नभाको को छ र?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ ।
उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैले गरेका छन् ।
नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन। यसअघि गायक शर्मा र गायिका न्यौपानेको ‘झम झम दर्कियो पानी’ बोलको गीतले चर्चा कमाएको थियो।
भिडियो
प्रतिक्रिया