काठमाडौं– डा.चन्द्र गिरीको शब्द, दीपक शर्माको संगीत रहेको गीत ‘नाचें फिरिरी’ भिडियोसहित सार्वजनिक भएको छ ।
शिव परियारको स्वर रहेको गीतको भिडियोमा कमेडी कलाकार सागर लम्साल ‘बले’ ले ट्वीन्स् गर्त प्रिज्मा र प्रिन्सी खतिवडासँग रोमान्स गरेका छन् ।
गम्भीर विष्टको निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको छायाँकन रहेको भिडियो विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् ।
झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद्ध हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत बाहिर आइसकेका छन् ।
भिडियो
प्रतिक्रिया