+
Search

ताजा अपडेट +

पपुलर +

पहाडमा विकासको मोडल फेरौं : प्रचण्ड

4KNationalDaily
२०७७ श्रावण ३०, शुक्रबार १८:१७ बजे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकमा पहिरोमा परेका पीडितको उद्धारमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

घटनामा बेपत्ता भएकोहरुको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीयबासिन्दा, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई उनले आह्वान गरेका छन्। वर्षायाममा पहाडी भेगमा हुने गरेका पहिरोको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

पहाडी भूभागमा विकासका लागि छुट्टै मोडलको योजना तर्जुमा गर्नुपर्ने उनले बताएका छन्। अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा भएको मानवीय र धनमालको क्षतिप्रति प्रचण्डले दुःख व्यक्त गरेका छन्।

यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा मानवीय क्षति भएको थियो। प्रचण्डले सिन्धुपाल्चोक, कालिकोट, मकवानपुरमा ज्यान गुमाएकाको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily