+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ उपत्यकाका थप ११९ जनामा कोरोना संक्रमण

4KNationalDaily
२०७७ श्रावण ३०, शुक्रबार १८:१९ बजे

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा ११९ जनामा कोरोना पुष्टि भएको हो।

याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

याे पनि : पछिल्लो २४ घण्टामा नेपालमा ५९४ कोरोना संक्रमित थपिए, २४० निको भए प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो।

उनले देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेको जानकारी दिए। त्यस्तै पछिल्ले २४ घण्टमा २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily