+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण, २६ हजार ६६० पुगे संक्रमित

4KNationalDaily
२०७७ श्रावण ३२, आईतवार १७:१४ बजे

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६५ प्रतिशत छ।

हाल १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा छन्। आइतबार १२ हजार २ सय ४७ जनाको परीक्षण भएको छ भने हालसम्म ५ लाख १७ हजार ९ सय ७ जनाको परीक्षण भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily