गाेरखा- कोरोना संक्रमण बढ्दै गएपछि गाेरखामा आज (सोमबार) बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ।
अघि बिहान ५ बजेदेखि अत्यावश्यक नपरी घरवाहिर समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको गाेरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जनाएका छन्।
सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योग कलकारखाना, व्यपार व्यवशाय पूर्ण रुपमा बन्द रहनेछन् । खाद्यान्न, औषधी पसल सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपाए अपनाएर खोल्न पाईने उनले बताए ।
निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि सदरमुकाम लगायत प्रभावित क्षेत्रहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन गर्ने निर्णय भएकाे छ ।
प्रतिक्रिया