+
Search

ताजा अपडेट +

पपुलर +

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

4KNationalDaily
२०७७ भाद्र १, सोमबार १२:५८ बजे

काठमाडौं- बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेकपा सचिवालय बैठक चल्दै गर्दा देउवा बालुवाटार छिरेका थिए । सचिवालय बैठक सकेर पार्टी अध्यक्ष प्रचण्ड पनि छलफलमा जोडिएका थिए ।

तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily