+
Search

ताजा अपडेट +

पपुलर +

यस वर्ष एसइई नतिजाको पुनर्योग र ग्रेडवृद्धि परीक्षा संचालन नहुने, यस्तो छ रिजल्ट हेर्ने तरिका

4KNationalDaily
२०७७ भाद्र १, सोमबार १९:३७ बजे

काठमाडाैं- राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज सोमबार पूर्वतयारीका लागि परीक्षा बोर्ड बैठक बसेको छ ।

बोर्ड सूत्रका अनुसार बोर्ड बैठकमा नतिजा सार्वजनिक गर्न आवश्यक पर्ने तयारीका बारेमा छलफल भएको छ । एसईईको नतिजा प्रकाशित भएपछि विभिन्न अनलाईन बाट पनि हेर्न सकिन्छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सोमबार पूर्वतयारीका लागि बोर्ड बैठक बसेको स्वीकार्दै भने, ‘विद्यार्थीहरुको प्रतीक्षा मङ्गलबार उता जाँदैन ।’

कोभिड–१९ का कारण गत चैत ५ गते परीक्षा स्थगित भएको थियो । परीक्षा चैत ६ गतेबाट सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।

परीक्षामा चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने भएका थिए तर कोरोना भाइरसको समस्याले यसपटक परीक्षा सञ्चालन हुन सकेन र विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिएको छ ।

विद्यालयले विद्यार्थीको प्राप्ताङ्क पठाएको छ र सोही आधारमा परीक्षा बोर्डले त्यसलाई अक्षराङ्कनमा रुपान्तरण गरी प्रमाणपत्र उपलब्ध गराउनेछ ।

अघिल्लो साता नै परीक्षाको नतिजा वेबसाइटमा राख्न तयारी अवस्थामा भए पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नतिजा प्रकाशनको कार्य रोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले नतिजासम्बन्धी सम्पूर्ण कार्य पूरा भई आफूहरु बोर्ड बैठकको प्रतीक्षामा रहँदै आएको बताउँदै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily