+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद बैठक: सीसीएमसीलाई बुधबारभित्र कोरोना रोक्ने विस्तृत योजना ल्याउन निर्देशन

4KNationalDaily
२०७७ भाद्र २, मंगलवार १४:१८ बजे

काठमाडौं-  मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणको लागि विस्तृत योजना तयार गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले त्यसका लागि विस्तृत योजना तयार गरेर ल्याउन सीसीएमसीलाई निर्देशन पनि दिएका छन्।

मन्त्रिपरिषद् बैठकमा कोरोना अनियन्त्रित हुँदै गएकोले सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेको थियो। केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने बताएका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग राय लिएको एक मन्त्रीले जानकारी दिए।

सोमबारकै बैठकले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ। त्यस्तै प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily