काठमाडौं- भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।
केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियाे। साेहि अधिकारकाे प्रयाेग गरी जिल्ला प्रशासनले लकडाउनकाे निर्णय गरेकाे हाे।
साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीसीएमसी) लाई सो अधिकार सुम्पिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि एवं अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
यसअघि सरकारले करिब चार महिना देशव्यापी लकडाउन गरेकोमा साउन ७ गते लकडाउन खुलेपछि देशब्यापी लकडाउन नगर्ने बरु स्थानीय आवश्यकता अनुसार सम्बन्धित जिल्ला वा स्थानीय तहमा लकडाउन गर्न सकिने बताएको थियो।
सोही व्यवस्थालाई कार्यान्वयन गर्न मन्त्रिपरिषद बैठकले प्रजिअलाई जिम्मेवारी सुम्पिएको हो।
प्रतिक्रिया