+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको परीक्षण, संक्रमण र मृत्युदर बढ्यो, तर निको हुने दर भने यसरी घट्दै छ

4KNationalDaily
२०७७ भाद्र ३, बुधबार ०८:०२ बजे

काठमाडौं- देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले परीक्षण भने बढाएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

गत १५ साउनमा संक्रमणबाट मुक्त हुने अर्थात् उपचारपछि निको हुने दर ७२.९ प्रतिशत थियो । त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ५.१ प्रतिशत थियो । त्यस्तै, संक्रमितमध्ये मृत्यु ०.३ प्रतिशत मात्र थियो । प्रतिदश लाख संक्रमितमा मृत्युदर १.८ मात्रै थियो ।

१५ साउनमा तीन हजार ६ सय चार नमुना परीक्षण गरिएका थिए । त्यसमध्ये दुई सय ७४ जनामा संक्रमण देखिएको थियो । त्यस दिन दुई सय २७ संक्रमित निको भएर घर फर्किएका थिए भने तीनजनाको मृत्यु भएको थियो।

तर, अहिले ती सबै सूचक ओरालो लागेका छन् । मंगलबारसम्म देशभर देखिएका २८ हजार दुई सय ५७ संक्रमितमध्ये १७ हजार पाँच सय ८० निको भएका छन् । यो दर ६२.२ प्रतिशत हो । जुन, १५ साउनको भन्दा ११ प्रतिशतले कम हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily